एडीबीले नेपालको विद्युत ग्रिड आधुनिकीकरणका लागि थप ७ अर्बको सहुलियत ऋण सहयोग गर्ने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युत ग्रिड आधुनिकीकरणका लागि सहुलियत ऋण सहयोग गर्ने जनाएको छ।

बैंकले विद्युत ग्रिड आधुनिकीकरणका लागि गर्दै आएको ऋणमा थप ७ अर्ब ८ करोड रुपैयाँ दिने भएको हो।

ऋण सहायता सम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा हस्ताक्षर हुने भएको छ।

एडीबीको ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण प्रणालीको आधुनिकीकरण गर्ने परियोजना सञ्चालन भइरहेको छ । सोही परियोजनाका लागि बैंकले थप ऋण दिन लागेको हो ।

परियोजनाले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स