गरिमा विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोष बीच कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र बीच कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नका लागि सम्झौता भएको हो ।

मंसिर ८ गते एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको छ ।

कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स