अमेरिकी डलरको भाउ फेरि पनि बढ्यो

काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलरसहित अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ पनि बढेको हो ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा तोकेको छ ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

आज युरो एकको खरिदर एक सय ४३ रुपैया ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा थियो ।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९४ र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७३ र बिक्रीदर ८६ रुपैयाँ १० पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा थियो।

प्रतिक्रिया

हेडलाइन्स