सप्तकोशी डेभलपमेन्ट बैंक २ करोड ९९ लाख रुपैयाँ घाटामा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मा बैंक २ करोड ९९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंक ११ करोड ९१ लाख रुपैयाँ घाटामा रहेको थियो ।

बैंकको खराब कर्जा केही घटेपछि नोक्सानी घटेको हो ।

समिक्षा अवधिमा बैंक करिब ३ करोड सञ्चालन घाटामा रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने ५७.५१ प्रतिशतले बढेको छ । त्यस्तै, खराब कर्जा १४.१६ प्रतिशतबाट घटेर ११.४२ प्रतिशतमा झरेको छ ।

८३ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा २८ करोड ३५ लाख रुपैयाँ जम्मा रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.१७ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७६.९३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स