लुम्बिनी विकास बैंकको नाफा १४ करोड ७६ लाख

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३०.४६ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन नाफा ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ ।

बैंकको खराब कर्जा दर ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा रहेको छ ।

३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी ८.१५ रुपैयाँ (वार्षिक), प्रतिसेयर नेटवर्थ भने १८१.३९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स