काठमाडौं । आज मंगलबार अमेरिकी डलर र बहराइन दिनारको विनियमदर घटेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा थियो।
यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।
आज युरो एकको खरिदर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७३ र बिक्रीदर ८६ रुपैयाँ १० छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ६३ र बिक्रीदर ८६ रुपैयाँ थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९२ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा थियो।