एभरेष्ट बैंकले डाक्यो साधारणसभा, यस्ता छन् एजेन्डा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो ।

बैंकले पुस १ गते, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा २७ औँ वार्षिक साधारण सभा डाकेको हो।। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभामा जुममार्फत सहभागी हुने सेयरधनीहरुलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने कर सहित गरी ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभाले बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स