काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २४.५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २५ करोड ८९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १३.६४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ९५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा ४.३५ प्रतिशत रहेको छ ।
३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६४ करोड सञ्चिति रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ ।