काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकको नाफामा गिरावट देखिएको छ । चालू आर्थिक वर्षको ६ महिना र गत वर्ष सोहि अवधीलाई तुलना गर्दा नाफा घटेको देखिएको हो ।
गत आर्थिक वर्षको ६ महिना अवधीमा १ अर्ब ७२ करोड रुपैयाँ देखिएकोमा यो वर्षको ६ महिनामा १ अर्ब ६४ करोड रुपैयाँ कायम रहेको छ । ४ दशमलव ९७ प्रतिशतले नाफा घटेको देखिएको हो ।
खुद ब्याज आम्दानी गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब ६३ करोड रुपैयाँ रहेकामा अहिले २ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ ।
संचालन नाफा २ अर्ब ४६ करोड रुपैयाँ देखिएको छ । गत वर्षको यहि अवधीमा ३ अर्ब ६० करोड रुपैयाँ देखिएको छ ।
बैंकले निष्क्रिय कर्जा भने बढ्न दिएको छैन ।
बैंकको अहिले १ दशमलव ७१ प्रतिशत मात्रै निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको यहि अवधीमा १ दशमलव ६० प्रतिशत रहेको थियो ।