काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना अवधीमा नेपाल एसबीआई बैंकको नाफामा वृद्धि भएको छ ।
नेपाल एसबीआईले गत आर्थिक वर्षको ६ महिनामा ८४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्ष ९० करोड रुपैयाँ पुर्याएको हो ।
आज सार्वजनिक भएको वित्तिय विवरण अनुसार ७ दशमलव ११ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
यस बैंकको ६ महिनामा खुद ब्याज आम्दानी २ अर्ब २९ करोड रुपैयाँ देखिएको छ । गत आर्थिक वर्षको सोहि अवधीमा २ अर्ब ६५ करोड रुपैयाँ मात्रै रहेको थियो ।
कम्पनीको संचालन नाफा यो वर्ष १ अर्ब ३घ करोड देखिएको छ भने गत आर्थिक वर्षमा १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।
बैंकको निष्क्रिय कर्जा भने थोरै वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षको ६ महिना अवधीमा २ दशमलव २९ प्रतिशत रहेकोमा यो वर्षको ६ महिनामा ३ दशमलव ५५ प्रतिशत रहेको छ ।