काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा गिरावट भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिना अवधीमा ६२ दशमलव १४ प्रतिशतले नाफामा गिरावट आएको हो ।
गत आर्थिक वर्षको ६ महिनामा २अर्ब १ करोड रुपैयाँ रहेकोमा अहिले ७४ करोड रुपैयाँ मात्रै पुगेको हो ।
गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब ८५ करोड रुपैयाँ संचालन नाफा रहेकोमा यो वर्षको ६ महिनामा १ अर्ब ८ करोड देखिएको हो ।
खुद ब्याज आम्दानी ४ अर्ब ४० करोड मात्रै देखिएको छ । गत आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ७२ करोड लाख रुपैयाँ रहेको थियो ।
बैंकको निष्क्रिय कर्जा समेत वृद्धि भएको छ । गत आर्थिक वर्षको ६ महिनामा ३ दशमलव ९५ प्रतिशत रहेकोमा यो वर्षको ६ महिनामा ४ दशमलव ९६ प्रतिशत पुगेको हो ।