कृषि विकास बैंकको नाफा ९५ करोड ७५ लाख

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा २९.३५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको थियो ।

समिक्षा अवधिमा बैंकले १३ अर्ब २८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा २९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १० अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा १ अर्ब ४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बैंकको खराब कर्जा ४.९० प्रतिशत पुगेको छ ।

१९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ सञ्चिति रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स