काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधीमा २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको देखिएको हो ।
गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा घटेको देखिएको छ । गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको सञ्चालन ७२ करोड १५ लाख रुपैयाँ देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ७ दशमलव १९ प्रतिशतले घटेको देखिएको छ । गत आर्थिक वर्षको ६ महिनामा खुद ब्याज आम्दानी आम्दानी ५ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा अहिले ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ पुगेको देखिएको हो ।
बैंकको जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ । भने प्रति सेयर आम्दानी आम्दानी २ रुपैयाँ १० पैसा मात्रै कायम भएको छ ।