६ महिनामा नबिल बैंकको खुद नाफा ३ अर्ब २४ करोड

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना अवधीमा नबिल बैंकले खुद नाफा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वष यहि अवधीमा ३ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको नाफामा १.२८ प्रतिशतले वृद्धि भएको हो । बैंकको चालू आर्थिक वर्षको ६ महिना अवधीमा खुद ब्याज आम्दानीमा ४.२१ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको ६ महिना अवधीमा खुद ब्याज आम्दानी आठ अर्ब २४ करोड रुपैयाँरहेकोमा सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको देखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ ।

२७ अर्ब ०५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा एक अर्ब ८९ करोड १७ लाख रुपैयाँ सञ्चित रहेको आजप्रकाशित वित्तिय विवरणले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स