काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनाको तथ्याङमा बैंकहरुको लोनलस प्रोभिजन वृद्धि हुँदै गैरहेको पाइएको छ । कर्जाको सम्भावित रिक्स ब्यहोर्न बैंकहरुले छुट्याउने पैसाको अनुपात वृद्धि हुँदै गैरहेको हो ।
यस्तो पैसा वृद्धि हुनुले बैंकहरुको कर्जा कमसलतर्फ उत्मुख हुने क्रम बढेको भन्ने बुझिन्छ । त्यस्तो अनुपात वृद्धि हुँदै गैरहेको पाइएको हो ।
चालू आर्थिक वर्षको ५ महिना अवधीमा लोन लस प्रोभिजन २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा ८ दशमलव १६ प्रतिशतले वृद्धि भएको हो । अर्थात् कात्तिक महिनामा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।
वाणिज्य बैंकको २ खर्ब १७ अर्ब ८ करोड रुपैयाँ देखिएको छ । त्यस्तै गरि विकास बैंकहरुको २२ अर्ब ८० करोड देखिएको हो । र फाइनान्स कम्पनीहरुको ९ अर्ब ९१ करोड रुपैयाँ देखिएको छ ।