काठमाडौं । पोखरा फाइनान्स ‘ग’ वर्गको सानो कम्पनी हो । क्षेत्रिय स्तरमा काम गरिरहेको यस फाइनान्स कम्पनी राष्ट्र बैंकको नजरमा परेको छ ।
यस कम्पनीको जम्मा ८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । जसलाई नेपाल राष्ट्र बैंकले निगरानीमा राखेको हो । पछिल्लो समय बैंक तथा वित्तिय क्षेत्र पनि आत्मविश्वासको साथ अघि बढ्न सकिरहेको छैन । जसमा हेलचेक्राइबाट कर्जा प्रवाह भएका कम्पनीहरुलाई ठूलै असर परिरहेको देखिन्छ ।
अझ पोखरा फाइनान्स जस्तो सानो कम्पनीको अघिक प्रतिशत ऋण हेलचेक्राइबाट प्रवाह पाइएको छ । जुन विषयमा राष्ट्र बैंकले छलफल जारी राखेको छ ।
बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको विवरणमा धेरै विषयहरु लुकाएको भन्दै राष्ट्र बैंकले निगरानी राखेको हो ।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार पोखरा फाइनान्सलाई सुपरिवेक्षको क्रममै कर्जा प्रवाह रोक्न भन्ने निर्देशन भैसकेको थियो ।
यस कम्पनीको ठूला ऋणीहरु जसले पैसा लगेका छन् । त्यो पैसा उठ्न सकिरहेको छैन । भाका नाघेको पैसा उठाउनुपर्ने दायित्वमा बैंकको व्यवस्थापकले काम गर्न सकिरहेको छैन ।
तर पनि पोखरा फाइनान्सको विषय राष्ट्र बैंक बोर्डमै भने पुगेको छैन । यदि बोर्डबाट छलफल गराउने हो भने अन्तिम विकल्पमा कुरा अघि बढ्न सक्छ । अर्थात् ‘टेक ओभर’ किन नगर्ने भन्ने विषय नै उठानुपर्ने स्थितिमा पुगेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।
सुपरिवेक्षण पछि पनि राष्ट्र बैंकले आन्तरिक छलफल र निर्देशनहरु पोखरा फाइनान्सलाई प्रदान गर्दै आएको भने छ ।
यस फाइनान्स कम्पनी दोस्रो त्रैमासको विवरण सार्वजनिक गर्ने तयारीमा छ । तर राष्ट्र बैंकले पहिलो त्रैमासिक प्रतिवेदनलाई नै पत्याइरहेको छैन ।
पहिलो त्रैमासको वित्तिय विवरणमा १४ दशमलव ४४ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । तर यसको झण्डै तीन गुणा निष्क्रिय कर्जा रहेको छ ।
त्यस्तै गरि पहिलो त्रैमासमा पुँजीकोष अनुपात १० दशमलव ९९ प्रतिशत रहेको भनिएको छ । तर राष्ट्र बैंकले यो ऋणात्मक रहेको ठहर गरिसकेको अवस्था छ ।
यस विषयलाई पोखरा फाइनान्सको व्यवस्थापकले समेत स्विकार गरेको छ ।
उक्त फाइनान्स कम्पनीका डेपुटी सीईओ राजुमोहन भट्टराई अहिले कम्पनी अफ्ठ्यारो अवस्थामै रहेको बताउँछन् ।
उनी भन्छन्, ‘बैंकले प्रवाह गरेका केहि ठूलो ऋण उठाउन गाह्रो परिरहेको छ । र राष्ट्र बैंक करिव १ डेढ महिनादेखि कर्जा प्रवाहमा कडाइ गर्न निर्देशन दिइरहेको पनि छ ।’