गरिमा विकास बैंकमा नयाँ संचालक समिति चयन

पोखरा । गरिमा विकास बैंक लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ ।
गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।

उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आव २०८०।८१ को वार्षिक प्रतिवेदन सहितसेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशतको नगद लाभांश पारित गरेको छ ।

त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे,  शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ ।

साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले  दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स