काठमाडौं । प्रभु बैंकको २३औं बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । संचालक समितिमा ६ जना निर्वाचित भएका छन । संस्थापक समूह तर्फबाट अम्बिका शर्मा लामिछाने, अन्गिरमान सिंह र वृष बहादुर बस्नेत निर्वाचित भएका छन् भने सर्वसाधारणतर्फ, सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजंग कार्की निर्वाचित भएका हुन् ।