काठमाडौं । कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०८०/८१ अठारौ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पुष २९ गते सम्पन्न भएको हो ।
बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंकको अठारौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका सेयरधनी महानुभावहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।
सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश दीर्घराज मैनाली, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।