यस्तो छ आज अमेकिरी डलरको भाउ, अन्यको कति ?

काठमाडौं । आज सोमबार अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहितका मुद्राको मूल्य भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ ।

अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ। हिजो र अस्ति पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

आज युरो एकको खरिदर एक सय ४० रुपैया ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०२ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स