काठमाडौं । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ५ महिना अवधीमा बैंकहरुले नाफा बढाएका छन् । वाणिज्य बैंकहरुको नाफा ६ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले आज मासिक तथ्याङ्क सार्वजनिक गरेको छ । जस अनुसार बैंकहरुको नाफा वृद्धि भएको देखिएको हो ।
वाणिज्य बैंकहरुले ५ महिना अवधीमा ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको यहि अवधीमा जम्मा २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
सबैभन्दा धेरै कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले ५ महिना अवधीमा ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तैगरि ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कुमारी बैंकले १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।
प्राइम कमर्सियल बैंकले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
एभरेष्ट बैंकले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । एनएमबी बैंकले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । प्रभु बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।
लक्ष्मी सनराइज बैंकले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । नेपाल बैंकले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । हिमालयन बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सिटिजन्स बैंकले ६९ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ ।
तर कृषि विकास बैंक भने घाटामा देखिएको छ । कृषि विकास बैंक ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको यस बैंक घाटामा रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।