बैंकको कुन क्षेत्रमा कति लगानी ?

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिना अवधीमा ५३ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ बैंकको लगानी रहेको छ । गत आर्थिक वर्षको यहि अवधीको तुलनामा कर्जा विस्तार केहि बढेपनि उत्साहपूर्ण अवस्था भने छैन ।

लगानीको क्षेत्रगत अवस्था हेर्दा उपभोग्य क्षेत्र नै धेरै देखिएको छ । होलसेल रिटेल बजारमा भएको लगानी र उपभोग्य क्षेत्रमा भएको लगानी धेरै रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कृषिमा ४ खर्ब १५ अर्ब लगानी भएको छ । यो गत वर्षको समयमा भन्दा केहि गिरावट रहेको देखिएको हो ।

खानी क्षेत्रमा ११ अर्ब ८९ करोड रुपैयाँ मात्रै बैंकको लगानी देखिएको हो ।
उत्पादनमूलक क्षेत्रमा ८ खर्ब ६३ अर्ब ११ करोड रुपैयाँ लगानी रहेको छ । यस क्षेत्र भने गत वर्षको तुलनामा सुधार आएको देखिएको हो ।

निर्माण क्षेत्रमा २ खर्ब १५ अर्ब रुपैयाँ लगानी भएको देखिएको हो ।
मेसिनरी, इलोक्ट्रोनिक्समा ६८ अर्ब रुपैयाँ लगानी रहेको छ ।

यातायत इक्यूमेन्ट तथा उत्पादनमा ४७ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी देखिएको हो ।
यातायत र संचारमा ४ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ देखिएको हो ।

अधिक लगानी रहेको होलसेल र रिटेल क्षेत्रमा १० खर्ब ३७ अर्ब रुपैयाँ लगानी देखिएको छ । फाइनान्स इस्योरेन्स तथा फिक्स एसेट्स ४ खर्ब ५ अर्ब रुपैयाँ देखिएको हो ।

सेवामूलक उद्योगमा ४ खर्ब ५४ लाख रुपैयाँ देखिएको हो । सधै धेरै लगानी देखिने उपभोग्य क्षेत्रको लगानी १० खर्ब ५० अर्ब रुपैयाँ देखिएको हो । स्थानिय तहमा १२ खर्ब र अन्य ३ खर्ब ३३

अर्ब रुपैयाँ लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स