दैनिक नयाँ रेकर्डमा डलरको भाउ, अन्यको कति ?

काठमाडौं । आज आइतबार पनि अमेरिकी डलर अहिलेसम्मकै उच्च भाउमा स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहितका मुद्राको मूल्य पनि आज स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा तोकेको छ ।

अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ।

हिजो पनि अमेरिकी डलर यहि भाउा कारोबार भएको थियो।

आज युरो एकको खरिदर एक सय ४१ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०२ पैसा छ।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा छ।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा छ। कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा छ।

बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स