कृषि विकास बैंकको घटनाले ग्राहकहरु सेवा लिन वञ्चित भएको भन्दै बैंकरले निकाले संयुक्त विज्ञप्ती

काठमाडौं । कृषि विकास बैंकको घटनाले ग्राहकहरु सेवा लिन वञ्चित भएको भन्दै बैंकरले निकाले संयुक्त विज्ञप्ती निकालेका छन् ।

पछिल्लो समय कृषि विकास बैंक लिको सिराहा जिल्ला, लहान स्थित शाखामा ढुंगामुढा प्रहार भएको थियो ।
उक्त विषयलाई लिएर नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघले संयुक्र विज्ञप्ती निकालेको हो ।

लहान लगायत बैंकका केही शाखाहरुमा कार्यरत कर्मचारीहरु प्रति लक्षित गरी सामाजिक संजाल तथा संचार माध्यमहरुमा कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवा अन्तरगत रहेको बैंकिङ्ग सेवा नै ठप्प पारी दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुङ्गा मुढा तथा होहल्ला गर्ने लगायतका गतिविधि प्रति हाम्रोे गम्भिर ध्यानाकर्षण भएको छ । यस कार्यले गर्दा ग्राहकहरु बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित भएका विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुले पारदर्शी रुपमा नियामक निकायबाट जारी गरिएको नीति÷निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही निक्षेप संकलन, कर्जा प्रवाह तथा असुली जस्ता कार्यहरु गर्दै आइरहेका छन् । यी संस्थाहरुबाट गरिएको लिलाम लगायत अन्य प्रक्रिया चित्त नबुझेको अवस्थामा ग्राहकहरु नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुंदा हुंदै बैंकिङ्ग जस्तो सम्वेदनशील सेवा नै अवरुद्ध हुने गरी बाधा सिर्जना गर्नु कदापी उचित नहुने व्यहोरा सबैमा अनुरोध गर्दछौं ।’

कुनै पनि बैंक\वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिए पछि नियमित रुपमा कर्जाको साँवा÷किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत भएको भनिएको छ । विभिन्न शर्तहरुको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने र यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने हुनाले यस प्रति सजग रहन आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स