सिटिजन्स बैंकको आवास कर्जा : २५ वर्षमा भुक्तानी गर्न सकिने, धितोको ५० प्रतिशत पाइने

काठमाडौं । प्राय: नेपालीको सपना हुन्छ घर किन्ने र घर बनाउने । आफ्नै घरमा बसोबास गर्ने चाहना भए पनि त्यो पूरा भैरहेको हुँदैन ।

सामान्य व्यवसाय गर्ने वा जागिर खाने मानिसले आफ्नो जीवनभरको कमाइ बचत गरेर पनि घर बनाउन गाह्रो छ ।

यस्तो अवस्थामा घर बनाउन चाहनेहरूको इच्छा पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरूले सरल ब्याजदरमा कर्जा उपलब्ध गराएर सहज बनाइ दिएका छन् ।

अर्थतन्त्र शिथिल भएर कर्जा प्रवाह हुन नसकेको हालको अवस्थामा अधिकांश बैंकहरूले आवास कर्जालाई केन्द्रमा राखेर आफ्ना स्कीमहरू तयार पारेका छन् ।

यसले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्नुका साथै आम नागरिकको घर बनाउने सपना पनि साकार हुने बैंकहरूको ठम्याइ छ ।

फेरि घर मानव जीवनको लागि नभइ नहुने अत्यावश्यक वस्तु पनि हो । तपाईसँग केही रकम छ, तर तपाईसँग भएको त्यो रकम घर बनाउनको लागि प्रर्याप्त नहुन सक्छ । यदि त्यस्तो अवस्था छ वा सोही कारणले घर बनाउन आट गर्न सक्नु भएको छैन भने बैंकबाट ऋण लिन सक्नुहुन्छ ।

आफूसँग भएको पैसामा बैंकको ऋण थपेर तपाईले घरजग्गा जोड्न सक्नुहुन्छ । बैंकको ऋण आफ्नो क्षमता अनुसार किस्तामा नियमित तिर्न सक्नुहुन्छ ।

नियमित आम्दानी भएका मानिसलाई जग्गा किन्न र घर बनाउन बैंक तथा वित्तीय संस्थाहरुले सहज बनाइरहेका हुन् । अहिले पनि आम मानिसमा बैंकको ऋण सहजै पाउन सकिँदैन कि भन्ने बुझाइ छ ।

बैंकले ऋण दिनका लागि केही मापदण्ड तोकेको छ । ती मापदण्ड पुरा गर्न सके बैंकबाट सहजै ऋण पाउन सकिन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले तोकेको मापदण्ड र आवश्यक कागजपत्र पुर्याएपछि बैंकले ऋण दिन्छ ।

अहिलेको परिस्थितिलाई मध्येनजर गरेर सिटिजन्स बैंकले ७.९९ प्रतिशत ब्याजमै ५ करोड रुपैयाँसम्मको आवास कर्जा योजना ल्याएको छ । बैंकले नियमित आय स्रोत भएका वा स्वरोजगार नेपाली नागरिकले कर्जा लिन पाउने व्यवस्था सहित सो कर्जा योजना ल्याएको हो ।

२५ वर्षे अवधिको सो आवास कर्जा कर्जा योजना अन्तर्गत कर्जा लिने ग्राहकले समान मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्नुपर्नेछ ।

बैंकबाट लिएको सो कर्जाबाट जग्गा/घर खरीद/घरनिर्माण, घर/अपार्टमेन्ट मर्मतसम्भार तथा विस्तारमा उपयोग गर्न सकिने बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंकबाट यस्तो कर्जा लिन चाहने ग्राहकले धितो सुरक्षणको मूल्यको अधिकतम ५० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था बैंकले मिलाएको छ ।

यस्तो छ सिटिजन्स बैंकबाट आवास कर्जा लिनको लागि पालना गर्नुपर्ने शर्तहरू
सो कर्जा उपयोग गर्नको लागि प्रयोग हुने धितो राखिने घर/जग्गासम्म मोटरबाटो पहुँच भएको हुनुपर्नेछ ।

स्वरोजगार व्यक्तिहरूको हकमा, व्यापार/व्यवसाय कम्तिमा २ वर्ष देखि सञ्चालनमा रहेको हुनुपर्नेछ भने आवेदकको न्यूनतम उमेर १८ वर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ६५ बर्ष ननाघेको हुनुपर्नेछ ।

ऋण लिने ऋणीले सगोलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य नहुने पनि बैंकले जनाएको छ ।
बैंकले आवासका निम्ति जग्गा खरीद/घरनिर्माण, अपार्टमेन्ट खरीद, मर्मतसम्भार तथा विस्तार तथा रिफाईनान्स समेतको लागी विभिन्न प्रकृतिका घर कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले ल्याएको यो कर्जा योजना अन्य बैंकको तुलना सरल र सुलभ भएको बताइएको छ ।

कति आम्दानी हुनेले कतिसम्म पाउँछन् कर्जा ?
बैंकले ऋण दिनुअघि तपाईंको आम्दानी कति छ भन्ने हेर्छ । तपाईको आम्दानीको स्रोत, त्यसले घर खर्च टारेर ऋणको किस्ता तिर्न सक्छ कि सक्दैन भन्ने हिसाब गरेर मात्र बैंकले ऋण उपलब्ध गराउने हो । बैंकले कतिसम्म ऋण दिनसक्छ भन्ने एउटा आधार ऋणीको आम्दानीलाई समेत मान्ने गरेको छ ।

ऋण लिन चाहने व्यक्ति वा एकाघरमा श्रीमान श्रीमती वा परिवारका सदस्यको कुल आम्दानीको बढीमा ५० प्रतिशतसम्म मासिक किस्ता हुने गरेर बैंकले ऋण उपलब्ध गराउँछन् । तपाईंको एकाघरका सदस्यको मासिक कमाइ एक लाख रुपैयाँ छ भने मासिक ६० हजार रुपैयाँ किस्ता पर्नेसम्म मात्र ऋण बैंकहरुले दिनेछन् ।

सिटिजन्स बैंकबाट चालु आर्थिक वर्षको यो अवधिसम्म ग्राहकहरूले १० अर्ब २८ करोढ ४९ लाख रुपैयाँ व्यक्तिगत आवास कर्जा लिएका छन् भने ४ अर्ब १६ करोड रुपैयाँ ४९ लाख रुपैयाँ रियल स्टेट कर्जा लिएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कार्तिक महिनासम्मको तथ्यांकमा उल्लेख गरिएको छ ।

देशमा सञ्चालित समग्र बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको यो अवधिसम्म ३ अर्ब ९७ अर्ब रुपैयाँ २३ करोड रुपैयाँ व्यक्तिगत आवास कर्जामा उपलब्ध गराएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । रियल स्टेट प्रयोजनका लागि यो अवधिसम्म २ खर्ब ६८ लाख ८४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स