माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस २६ गतेदेखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स