काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएकाृे छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज पुस २६ गतेबाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।