नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टेयरमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे ।

यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी/भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् ।

त्यहाँबाट पैसा पठाउने बित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिनेछ । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले आफ्ना रेमिट्यान्स/विप्रेषण ग्राहकहरुका लागि बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवा र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स