अब लघुवित्त कम्पनीले सेयरमा लगानी गर्न नपाउने

काठमाडौं । लघुवित्त कम्पनीहरुले सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार घ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाको नाममा जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन/परिमार्जन/थप व्यवस्थामा लघुवित्त कम्पनीहरुले सेयरमा लगानी नगर्न निर्देशन दिएको हो ।

‘लघुवित्तहरुले संस्थाले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ ।

यस अघि घ वर्गका संस्थाहरुले घ वर्गकै अन्य संस्थाहरुद्घारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने व्यवस्था थियो ।

राष्ट्र बैंकको एकीकृत निर्देशन

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/D-class-Unified-Directive-amendment-circular-3.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स