काठमाडौं । आज बुधबार अहिले सम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको अमेरिकी डलरको मूल्य आज घटेको छ । आज युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन र कुवेती दिनारसहित मुद्रा पनि सस्तिएका छन् ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो।
युरो एकको खरिदर एक सय ४२ रुपैया ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९१ र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा थियो।
आज कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ८८ पैसा छ । हिजो कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ६२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ०९ पैसा थियो।