काठमाडौं । आज सोमबार पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च भाउमा रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन र कुवेती दिनारसहित मुद्रा पनि महँगिएका छन्।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा थियो। पुस २० गते उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज फेरि अहिलेसम्मकै महँगो बनेको हो।
आज युरो एकको खरिदर एक सय ४२ रुपैया ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ १० र बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०९ र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा थियो।
आज कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ०९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा थियो।