नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, संचालक समितिको अध्यक्षमा लामिछाने चयन

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष १९ गते काठमाडौमा सम्पन्न भएको हो ।

उक्त एघारौं वार्षिक साधारण सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ । संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स