सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्नेले बोनस र सामसुङको स्मार्टफोन जित्ने अवसर

काठमाडौं । सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्ने ग्राहकले १ सय रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । साथै यसमध्ये एकजना प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्ने छन् ।

यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यसका साथै प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने, प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ।

कम्पनीको अनुसार यो अफर मंसिर ३ देखि ४ पुषसम्म खल्तीसँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स