काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो।
बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।
बैंकले हाल बिक्रीमा राखिएको सेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन। यद्यपि यी जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।