मेगा बैंकको साधारण सभा मंसिर २८ गते, लाभांश र मर्जर मुख्य एजेण्डा

काठमाडौं । मेगा बैंकले प्रस्तावित लाभांश अनुमोदन र मर्जरलाई मुख्य एजेण्डा बनाएर ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले मंसिर २८ गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभा ११ बजे साधारण सभा आह्वान गरेको हो ।

सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट सयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।

यसैगरी बैंकले मर्जरलाई समेत मुख्य एजेण्डा बनाएको छ । मेगा बैंक नेपाल र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा राखिएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार मंसिर १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने शेयरधनीहरुले मात्र सभामा उपस्थित हुनका साथै प्रस्तावित लाभांशको समेत पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स