काठमाडौं । आज आइतबार सबैजसो विदेशी मुद्राको स्थिर रहेको छ । शनिबार जुन भाउमा काराबोर भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको किनबेच सोही मूल्यमा हुनेछ।
हिजो अमेरिकी डलरले नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो। अमेरिकी डलर आज पनि सोही मूल्यमा कारोबार हुनेछ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा छ।
आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २१ र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ।
आज कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा छ।
बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा छ।