अब अमेरिकी डलरको लागि १९७ नेपाली रुपैयाँ खर्चिनु पर्ने, अन्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो छ ।
आज शनिबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५१ पैसा थियो। यसको अर्थ नेपाली रुपैयाँ दिनप्रतिदिन अबमूल्यन हुँदै गहिरहेको छ । अमेरिकी डलरको भाउ बढेसँगै अब १ अमेरिकी डलरको लागि करिब १ सय ९७ रुपैयाँ खर्चिनु पर्ने भएको हो ।

अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। युरो र पाउन्डको मूल्य हिजो पनि घटेको थियो।

तर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्रा भने आज पनि महँगिएका छन्। बिगत चार दिनदेखि बहराइन दिनारको मूल्य पनि लगातार बढिरहेको छ।

गएको बुधबारदेखि अमेरिकी डलरले दिनहुँ उच्च महँगो मूल्यको नयाँ नयाँ रेकर्ड बनाउँदै आइरहेको छ।

आज युरो एकको खरिदर एक सय ४१ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २१ र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०६ र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा थियो।

आज कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ७४ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स