बैंकहरूको एनपीएल बढ्ने बाटोमै रहेको राष्ट्र बैंकको तर्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा (एनपीएल) बढ्ने तर्क राखेका छन् । कर्जा असुली प्रभावित भएकोले बैंकहरूको एनपीएल बढ्ने बाटोमै रहेको राष्ट्र बैंकको तर्क पेश गरेको हो

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौं वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंकहरुके एनपीएलको सुचक बढ्ने बाटोमै देखिएको बताएका हुन् ।

उनले भने, ‘अहिले सम्मको स्थिति हेर्दा कर्जा असुली प्रभावित भइरहेका छ । त्यसको प्रभाव त देखिन्छ नै ।’
तर उनले नेपाली बैंकहरु सक्षम र सुलभ समेत रहेको बताए । बैंकको सेवा शुल्क अन्य देशका बैंकहरूको तुलनामा नेपालका बैंकहरूको कम रहेको धारणा राखे ।

यसकारण पनि बैंकहरूको आरओई कम हुन्दै गएको उनले बैंकहरूको कुल आम्दानीमा ८० प्रतिशत ब्याज नै देखिएको बताए । अन्य मुलुकमा अन्य सेवा शुल्कको आम्दानी राम्रो धेरै छ नेपाली बैंकमा कम छ । जुन राम्रो पक्ष समेत रहेको उनले जानाकारी दिए । उनले नेपाली बैंकहरुको योगदानको समेत चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ग्रामिण भेगमा पुगेका बैंकहरुले उद्देश्यक अनुसार काम नगरेको बताए ।

उनले स्थानीय तहमा पुगेका बैंकहरुबाट वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाभत्ता वितरण र सरकारी कारोबारबाहेक अन्य कामहरु नदेखिएको बताएका हुन् ।

सरकारी कारोबार गर्नु, सरकारले वितरण गर्ने वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाभत्ता बैंक खातामार्फत दिन थाल्नु र सम्बन्धित पालिका र वडाका कर्मचारीहरुको तलब वितरण गर्नु मात्रैलाई वित्तीय पहुँच मान्न नसकिने समेत बताएका हुन् ।
उनले विगतमा सहकारीबाट भएको ऋण लगानीका सम्बन्धमा राज्यबाट नियमन हुन नसकेको स्वीकार गर्दै बैंक तथा वित्तीय संस्थामा पनि त्यस्तो अवस्था छैन भन्न नसकिने दाबी गरे । ‘हिजोको चर्को ब्याज र उच्च मुनाफाबाट बैंकहरुले कहाँ कति लगानी गरे ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स