कुमारी बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड रुपैयाँ बढी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स