सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीका लागि खरिद आह्वान गरिसकेको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। इच्छुक सर्वसाधारणले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स