काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो ।
बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
बैंकले बिक्री गर्न लागिएको सेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने संस्थापक सेयरधनीको नामबारे भने कुनै जानकारी भने समावेश गरेको छैन।
इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।