काठमाडौं । आज मंगलबार पनि अमेरिकी डलर उच्च भाउमा स्थिर छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य हिजो पनि बढेको थियो।
यद्यपि बहराइन दिनारसहितका केही मुद्राको मूल्य भने घटेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
आज युरो एकको खरिदर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २३ र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९१ र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा थियो।