सूचकमा अब्बल, नियामकीय परिपालनामा कटिबद्ध ग्लोबल आइएमई

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको भनाई बैंकले नियामकीय विषयलाई परिपालना गर्नु नै प्रमुख प्राथमिकता हुनुपर्छ भन्ने छ । उनले बैंकको विषयमा बोल्ने क्रममा यो भनाई पटक पटक दोहोर्याउँछन् ।

ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउने गरेका छन् ।

बैंकले नियामक निकायको भूमिका, नीति निर्देशनलाई परिपालना गरेर नै अघि बढ्दा बैंकले सफलता हासिल गरेको देखिन्छ । नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित रहेको छ ग्लोबल आइएमई ।

बैंकले सदा झैँ आफ्नो व्यवसायीक रणनीतिक योजनाअनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिति वृद्धि गर्दै जाँदा सफलता हासिल गरेको बैंकका अध्यक्ष चन्द्र ढकाल बताउँछन् ।

उनी भन्छन्, ‘ग्राहकमैत्री सेवा, तथा प्रोत्साहनका कामहरु अघि बढाउँदा नै सफलता पाएको हो । अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।’

नेतृत्वको यी भनाईलाई आत्मसाथ गर्दै बैंक व्यवस्थापनले काम गर्दा बैंकको सूचक निकै माथि समेत गैरहेको छ ।
बैंकको नेतृत्वले गर्ने भनेको नीतिको दिशा प्रदान गर्ने नै हो । त्यसमा काम गर्ने व्यवस्थापकले हो ।

ढकाल नेतृत्वको संचालक समितिले जुन किसिमको व्यवस्थापन बैंकमा ल्याएको छ। वा व्यस्थापकिय नेतृत्व प्रदान गर्दै गएको छ । त्यो छनौटले पनि सफलता दिएको भान बैकिङ क्षेत्रले गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकमा आएका नेतृत्वहरु सबैले बैंकलाई सफलता तर्फ नै उन्मुख बनाएका छन् । आएको र अहिले रहेका नेतृत्व वर्गहरु दक्ष समेत देखिन्छन् । त्यसले परिमाण समेत दिइरहेको छ ।

बैंकको वित्तिय विवरणले समेत त्यो विषयलाई पुष्टि गरेको छ । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०\८१ खुद नाफा ६ अर्ब १ करोड रुपैयाँ कमाएको छ ।

गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ६३ करोड छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा छ ।

बैंकको कर्जा विस्तार अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशत बढाएको वित्तिय विवरणमा देखिएको छ । अर्थात् कर्जा ३ खर्ब ६९ अर्ब कर्जा पुर्याएको देखिएको हो ।

निक्षेप संकलन भने १४ प्रतिशत बढेको छ अर्थात् कुल ४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेको देखिएको हो ।
पछिल्लो समय अर्थतन्त्र संकुचनमा पर्दा समेत बैंकले यी सूचक कायम राख्नु निकै सरहानी मानिन्छ । बैंक तथा वित्तिय क्षेत्रमा रहेको यो सूचक उत्कृष्ठ मध्येमा नै पर्छ ।

चालु आर्थिक वर्षको तीन महिनामा समेत ग्लोबल आईएमई बैंकको नाफा साढे १ अर्ब रहेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याजे ४ अर्ब ११ करोड रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी समेत बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ । वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ ।

यस प्रकारको सूचक रहेको ग्लोबल आइएमई बैंक समाजप्रतिको जिम्मेवारीमा अग्रभागमा रहेको छ । कुनै आपत विपत गर्दा सधै एक कदम अघि बढ्छ ।

सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदान लगायत नेपाल राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयन गर्दै अघि बढाएको छ ।

पछिल्ला घटनाक्रम हेर्दा २०८० कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिममा आएको विनासकारी भूकम्पमा परी धनजनमा भएको क्षतिलाई सहयोग गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा सक्दो सहयोग गरेको छ । चालु आर्थिक वर्षमा नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरो पीडित व्यक्तिहरुलाई राहत प्रदान गरी प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ४ करोड ५० हजार प्रदान गरेको छ । त्यसका अलवा बैंकले गर्ने अन्य समाजिक कामलाई पनि बढाउँदै गैरहेको देखिन्छ ।

फरक क्षमताका बालबालिकाका लागि सहयोग ,सामाजिक अन्याय र विभेद विरुद्धको लोकप्रिय टेलिभिजन कार्यक्रम ऐना सिजन २ लाई सहयोग, महिला, जनजाति, अल्पसंख्यक पिछडिएको वर्ग वा समुदाय तथा द्वन्द्ध पिडित केन्द्रित वित्तीय सचेतना, मधेशका समसामयिक बिषय, सामाजिक घटना, बाल बिवाह, शिक्षामा पहुँच विस्तार, मिटरव्याज विरुद्धको अभियानको लोकप्रिय टेलिभिजन सो दलानलाई, राष्ट्रव्यापी वित्तीय सचेतना कार्यक्रमको लागि बैंकले सक्दो आर्थिक सहयोग गरेको गर्दै आएको छ ।

निशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षण लगायतको शीर्षकहरुमा समेत गरी आर्थिक वर्ष २०८०\८१ मा कुल ७ करोड १९ लाखको योगदान पुर्याउँदै आएको छ । त्यसबाहेकका सहयोगलाई पनि बैंकले आफ्नो क्यालेण्डमा राखेर नगद तथा जिन्सी प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स