कुमारी बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ५० हजार १९ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने छन्। उक्त सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स