यस्तो छ आज अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ

काठमाडौं । आज सोमबार पनि अमेरिकी डलर उच्च भाउमा स्थिर छ। अमेरिकी डलरको भाउ स्थिर रहेपनि अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारको मूल्य बढेको छ । युरोको मूल्य भने घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरो एकको खरिदर एक सय ४२ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा थियो।

आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९१ र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा थियो।

आज कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा थियो।

बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स