काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीको बढुवा भएको छ । बैंकले आगामी प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) को रुपमा अघि सारेको हो ।
अहिलेसम्म ज्ञवाली नायव प्रमुख कार्यकारी अधिकृत छन् ।
ज्ञवाली नेपाल राष्ट्र बैंकक छोडेर बैंकमा आएका व्यक्ति हुन् । विकास बैंकमा नेतृत्व अनुभव समेत रहेको छ । पछिल्लो समय उनी बैंकिङ क्षेत्रमा लोकप्रियम समेत छन् । उनले गर्ने बैंक तथा वित्तिय क्षेत्रको विश्लेषण चर्चामा समेत हुने गरेको छ ।