बैंकहरुबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तान्दै छ । बोलकबोल माफर्त पैसा तान्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २१ दिनका लागि आजै दिउँसो २ बजे बोलकबोलको समय तोकिएको छ । घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ ।

सावाँ तथा ब्याज भुक्तानी आगामी माघ ६ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट उल्लेख छ । वाणिज्य बैंक , विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स