काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ । यहि १८ गते १८ वर्ष पुग्ने यस बैंकको इतिहास आफैमा रोमाञ्चक छ । रोमाञ्चक इतिहासलाई यस बैंकले सफलतासँग जोडेको छ ।
मर्जर एक्विजिशनलाई प्राथमिकता दिएर अघि बढेको यस बैंक नेपालको इतिहासमै सर्वाधिक सफल बैंकको रुपमा परिचित छ ।
सन् २००७ सालको सुरुमा ग्लोबल बैंक लिमिटेडको नामबाट क वर्गको बैंकका रुपमा स्थापना भएको यस बैंकमा धेरै बैंक तथा वित्तिय संस्था गाभिए ।
१८ वर्ष अघि १ अर्ब चुक्ता पुँजीबाट सुरुभएकोमा अहिले ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुर्याएर अहिले बैंक सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित रहेको छ ।
१८ वर्षको यात्रामा यस बैंकसँग सर्वाधिक संस्था–कम्पनी मर्जर तथा प्राप्ति भएर समाहित भएका छन् ।
कुनै कम्पनी एक र अर्कोसँग मिल्दा खटपट आएको घटनाहरु धेरै छन् । तर यो बैंक विश्वमै एक उदाहरणीय बनेको छ । यो सफलतामा व्यवस्थापक र नेतृत्वको भूमिकालाई सरहाना गर्नुपर्ने विषयहरु धेरै देखिन्छन् ।
बैंकको मर्जरको इतिहास वि.सं २०६८ माघ २० देखि सुरु भएको पाइन्छ । बैंकका अनुसार तत्कालीन ग्लोबल बैंक लिमिटेडले आईएमई फाइनान्सलाई मर्ज गरेको थियो ।
लगत्तै लर्डबुद्ध फाइनान्सलाई पनि गाभिएको थियो । सो समय अर्थात् यी तीन संस्था गाभिएपछि संस्थाको नाम वि.सं २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो ।
त्यसपछि सोसल डेभलपमेन्ट बैंक गाभिएको थियो । गुल्मीमा स्थापना भएको गुल्मी विकास बैंक पनि त्यसै समय समाहित भयो ।
त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंक पनि यस बैंकमा गाभिन आइपुग्यो । सन् २०१६ मा आइपुग्दा अन्य दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज भएर अघि बढ्यो ।
ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीनवटा विकास बैंक मर्ज भइसकेका थिए ।
त्यसपछि ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई पनि गाभ्यो । योसँगै बैंक १० वटा संस्था एकआपसमा मिलेर बनेको संस्था बन्यो।
त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग तत्कालिन समयमा नेपालमा सबैभन्दा ठूलो मर्जर भयो । जनता बैंक र ग्लोबल आईएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए । यो मर्जरलाई नेपालको नीति अनुसार नै मर्ज भएको पनि मानिन्छ । त्यस समयमा नेपाल राष्ट्र बैंकको मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएको थियो । जसको सुरुवात यहि बाट भएको हो ।
यति ठूलो मर्जर सम्झौताको ६ महिनापछि नै एकीकृत कारोबार भएर ठूलो सफलता देखायो । त्यसपछि अन्य बैंकहरुले पनि मर्जरको नीतिलाई आत्मसाथ गरेका थिए ।
जनता बैंक मर्जरमा आउनुअघि ८ वटा वित्तीय संस्था मिलेर बनेको बैंक थियो । त्यस लगत्तै अर्को वाणिज्य बैंक अर्थात् बैंक अफ काठमाण्डुलाई पनि गाभ्यो । लगातार दुई वटा वाणिज्य बैंकलाई गाभेर सफल कारोबार गरिरहेको छ । जसकारण पनि नेपालको इतिहासमै सार्वाधिक सफल वित्तिय संस्थाको उपमा पाएको छ ।
यसरी रोमजाञ्चक इतिहासमा सफल भएको बैंक आफ्नो सूचकमा पनि निकै अब्बल स्वस्थ छ ।
बैंकले सार्वजनिक पछिल्लो तथ्याङ्क अर्थात् चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ५ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा ४ खर्ब १८ अर्ब ६३ करोड रुपैयाँ पुगेकोे छ । पहिलो तीन महिना अवधीलाई नै हेर्दा १ अर्ब ५१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कर्जाको गुणस्तरलाई समेत ध्यान दिइरहेको सूचकले देर्खाको छ । निश्क्रिय कर्जा ४ दशमलव ६७ प्रतिशत कायम राखेको छ ।
अब्बल अवस्थामा पुगेको यस बैंकको संजाल पनि देश मात्रै नभई विदेशमा रहने नेपालीलाई जोडिरहेको छ ।
त्यहि संजालबाट आफ्नो चुस्त सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको छ । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको बैंकले बताएको छ ।