सिद्धार्थ बैंकको २२ औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमहरूको आयोजना

काठमाडौं । सिद्धार्थ बैंकको २२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । १७ औं वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औं वर्ष पुरा गरेको हो ।

बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ ल्याएको छ । यस अफर सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइट https://www.siddharthabank.com/others/22nd–anniversary-offer- मा प्राप्त गर्न सकिने छ ।

यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; काठमाडौं र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स