काठमाडौं । आज मंगलबार फेरि अमेरिकी अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको पनि आज मूल्य बढेको छ। तर, युरो पाउन्ड लगायतका मुद्रा भने सस्तिएका छन्।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।
शुक्रबार (पुस ५ गते) अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा पुगेर केही घटेको थियो।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा थियो।
गत साताको बुधबार र बिहीबार पनि अमेरिकी डलरले सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको थियो।
युरो एकको खरिदर एक सय ४१ रुपैया ३२ र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ५७ र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा थियो।
आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८४ र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा थियो।
आज कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ७८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा थियो।